०.३६ अंकले घट्यो नेप्से, १ अर्ब ४० करोडमाथिको कारोबार

डिसी नेपाल
१ भदौ २०७९ १५:२१

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज नेप्से ०.३६ अंकले घटेर २ हजार ०४०.७० विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरको भएको छ। यसको आज १८ करोड ४३ लाखभन्दा बढीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ७ वटा उपसुचक बढेको छ भने बाँकि सबै उपसुचक घटेको छ। आजको कारोबारमा श्वेत गंगा हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, सिमलिङ्ग पावर र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले अधिक्तम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *