दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, छ घाइते

डिसी नेपाल
१ भदौ २०७९ १८:०३

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका –६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो ।

गोकुलेश्वरबाट खलंगाका लागि छुटेको से १ ज ५५१ नम्बरको जीप उल्लानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका ६ जनालार्ई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उद्धार कार्यमा मालिकार्जुन प्रहरी चौकीको टोली र स्थानीय खटिएका छन् । दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *