धितोपत्र बजार : २७.७२ अंकले बढ्यो नेप्से

डिसी नेपाल
२ भदौ २०७९ १५:२१

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सेयर बजार बढेको छ। आज नेप्से २७.७२ अंकले बढेर २ हजार ०६८.४२ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५ करोड ७९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावरको भएको छ। यसको आज १० करोड ४३ लाखभन्दा बढीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचक बढेको छ । आजको कारोबारमा मन्दाकिनी हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावर, अपर सोलु हाइड्रोइलेक्ट्री र अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ।  यी कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, एनआइबिएल प्रगति फण्ड र सपोर्ट लघुवित्तका लगानीकर्ताले अधिक्तम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *