माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यु. आर. कोड हस्तान्तरण

डिसी नेपाल
२ भदौ २०७९ १५:३४

काठमाडौँ। माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्यु. आर. कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले “नेपाल नाई संघ”लाई क्युआर कोड हस्तान्तरण गरेको हो।

देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले “नेपाल नाई संघ”लाई क्युआर हस्तान्तरण गरेको हो।

राजधानीमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा “नेपाल नाई संघ”का अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरे।

उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले “नेपाल नाई संघ”मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एपमार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने छन्। नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *