अवरोधका बीच बञ्चरेडाँडामा २८४ गाडीबाट फोहोर विसर्जन

डिसी नेपाल
२ भदौ २०७९ २०:०९
292
Shares

काठमाडौं । स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । महानगरले सामान्य अवरोधपछि २८४ गाडी फोहार खसेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.