यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
५ भदौ २०७९ ८:४३

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३७ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ १३ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५० रुपैयाँ ९४ पैसा र बिक्री दर १५१ रुपैयाँ ६५ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८२ पैसा र बिक्री दर ८८ रुपैयाँ २३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ५४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५८ पैसा र बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *