दक्षिण कोरियाबाट उन्नत जातका साँढे र गाई नेपाल ल्याईदै

डिसी नेपाल
५ भदौ २०७९ ९:०७

काठमाडौँ। कृषी तथा पशुपन्छी मन्त्रालयले दक्षिण कोरियावाट उन्नत जातका साँढे र गाई ल्याउने भएको छ। हेफर इन्टरनेशनलमार्फत मन्त्रालयले दक्षिण कोरियावाट उन्नत जातका २० वटा साँढे र १ सय १ वटा गाई ल्याउन लागेको हो।

हेफर इन्टरनेशनलका अनुसार आगामी दुई महिना भित्र ती साँढे र गाई नेपाल आई पूग्नेछन्। पाँच बर्ष अघि नै प्रक्रिया सुरु गरे पनि कोभिडलगायत कारण ल्याउन नसकिएको उन्नत जातका साढेँ र गाई ल्याउन भने अव बाटो खुल्ला भएको छ।

कृषि मन्त्रालयले सवै कानुनी प्रक्रिया पुरा गरी उन्नत जातका साँढे र गाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालयमार्फत दक्षिण कोरिया सरकारलाई पठाउने पत्र तयार पारिएको पशु बिभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए।

उनका अनुसार कोरियावाट ल्याईने साँढे पोखराको पशु प्रजनन केन्द्रमा राखिने छ भने गाईलाई सिन्धुलीस्थित मोडेल डेरी भिलेज फार्ममा राखिने छ।

साँढे र गाई ल्याउने सम्पुर्ण खर्च हेफरले नै ब्योहोर्ने छ। कोरिया सरकारले साँढे र गाई नि:शुल्क उपलब्ध गराए पनि कोरियाबाट नेपाल ल्याउनका लागि ढुवानी खर्च भने डेढ करोड बराबर हुने हेफरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *