ज्योति विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

डिसी नेपाल
५ भदौ २०७९ १०:२०

काठमाडौँ। ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै ६ पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले रिसर्चका लागि सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा कर्मचारी माग गरेको हो। यस्तै, रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्म केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको कम्पनीको सूचनामा उल्लेख छ।

बैंकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय, कर्पोरेट कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गतेभित्र आवेदन दिनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *