हेर्नुहोस् आइतबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
५ भदौ २०७९ ११:१९

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य प्रति तोला ९५ हजार ५०० रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *