दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट, कुनको भाउ कति ?

डिसी नेपाल
५ भदौ २०७९ ११:४३

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको ३० मिनेट नबित्दै मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ बढेर सकारात्मक सर्किट लागेको हो।

मन्दाकिनी हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ ९.९८ प्रतिशतले बढेको छ।

मन्दाकिनी हाइड्रोपावरको सेयर भाउ २८ रुपैयाँ ७० पैसाले बढेर ३ सय १५ रुपैयाँ ८० पैसा र अपर हेवाखोला हाइड्रोपावरको सेयर भाउ २२ रुपैयाँ ८० पैसाले बढेर २ सय ४९ रुपैयाँ पुगेको छ। मार्केट डेपमा यी दुवै कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *