सानिमा बैंकको बुवाको मुख हेर्ने दिनमा विशेष छुटको योजना

डिसी नेपाल
१० भदौ २०७९ १९:५८

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरूलाई विशेष छुट दिने व्यवस्था गरेको छ। सानिमा बैंकले एक विज्ञप्ति जारी गर्दै बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको जनाकारी दिएको हो।

उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्टप्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थ केयर सेन्टरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

सानिमा बैंकको डेविटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग क्यू आर स्क्यानबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले बताए छन्। यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १ रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुने बैंकले जनाएको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन्। साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको सानिमा बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *