पिपुल्स पावरको आइपीओ आज बाँडफाँट हुँदै

डिसी नेपाल
१२ भदौ २०७९ ९:५३

काठमाडौँ। पिपुल्स पावर कम्पनीको आइपीओ आज (आइतबार) बाँडफाँट हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने तयारी भएको छ। यसको प्री– अलोटमेन्ट गत बुधबार नै सम्पन्न भइसकेको छ।

यसमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ। यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन्। कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

कम्पनीले साउन ३१ गतेबाट भदौ ५ गतेसम्म सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *