हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको संस्थापक सेयर लिलामीमा आउँदै

डिसी नेपाल
१३ भदौ २०७९ १०:२७

काठमाडौँ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी भदौ २० गतेबाट सवा २ करोड बढी कित्ता सेयर बिक्रीमा ल्याउने भएको छ। कम्पनीले कुल २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो। यसअघि कम्पनीले दुईपटक संस्थापक समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको थियो। दुवैपटक बिक्री हुन नसकेको सेयर फेरि कम्पनीले लिलामीमा राख्न लागेको थियो।

यो लिलामी सेयरमा जोकोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालयका साथै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन्। बोलपत्र आउँदो असोज ४ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *