थप ३ सय जनालाई कोरोना संक्रमण

डिसी नेपाल
२१ भदौ २०७९ १६:४२

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरथप ३ सय जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षण गर्दा ३ सय जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा संक्रमण देखिएको छ । यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ४५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.