काठमाडौं उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकमाथि कारवाही
फाइल फाेटाे।
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ४ हजार ११ जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारवाहीमा पर्नेमा पादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३८, लेन अनुशासन पालना नगर्ने ३३१, रेड लाइटमा सवारी साधन चलाउने ७६, निषेधित क्षेत्रमा हर्न बजाउने २१६ र नम्वर प्लेट राम्रोसँग नराख्ने ४२ जना सवारी चालक रहेका छन्।
यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार २०८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment