निर्वाचन आचारसंहिता लागू हुनु अघि सिडियाेकाे व्यापक सरूवा
काठमाडौं। सरकारले आचारसंहिता लागू हुनु अघि नै प्रमुख जिल्ला अधिकारी (सिडियो) हरुको सरुवा गरेको छ।
निर्वाचन आयोगले असोज १ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लगाउने तयारी गरेपछि सरकारले आफ्नो अनुकुल हुनेगरी विभिन्न जिल्लाका सिडिओहरुको सरुवा गरेको हो। सरुवा गर्दा काठमाडौँ उपत्यकासहित प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ।
मंगलबार साँझ गरिएको सरुवामा काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा ललितपुरका प्रजिअ घनश्याम उपाध्यायलाई ल्याइएको छ। काठमाडौँका सिडिओलाई गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा गरिएको छ।
ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ल्याइएको छ। कास्कीमा गृह मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ। जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँ मन्त्रालय ल्याइएको छ भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीलाई सरुवा गरिएको छ।
दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ। सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा गरिएको थियो।
यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथर को प्रजिअमा गणेश गैरेलाई पठाइएको छ।
संखुवासभाका प्रजिअ नुरहरि खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई संखुवासभाको प्रजिअमा सरुवा गरिएको गरिएको छ। सरुवा यो सूचना मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment