चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
२२ भदौ २०७९ ९:०७
180
Shares

चितवन। चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन्।

दुर्घटनामा मोटरसाईकल चालक स्थानिय ४२ वर्षिय प्रेम तामाङ र पछाडी सवार स्थानिय ४६ वर्षिय राजकुमार तामाङ गम्भिर घाइते भएका थिए।

घाइते दुबैको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेकोमा चालक प्रेमको उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको हो।

गएराति ११ बजे प्रेमले चलाएको ना ४६ प ३७९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको पोलमा ठोक्किएको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *