लागुऔषध र हतियारसहित युवक पक्राउ

डिसी नेपाल
२४ भदौ २०७९ १३:५३
368
Shares

सिरहा। सिरहामा प्रहरीले लागुऔषध र विभिन्न हतियारसहित एक युवकलाई प्रकाउ गरेको छ। भारतीय बजार जयनगरबाट कमलाको किनार हुँदै कल्याणपुरतर्फ गइरहेको बेला माडर प्रहरीले सिरहा नगरपालिका १७ कमला बाँधबाट कल्याणपुर-२ का १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई पक्राउ गरेको हो।

विशेष सुराकको आधारमा प्रहरीले साइकलमा आइरहेका मन्डललाई चेकजाँच गर्दा उनको साथबाट २ पता नाइट्रोजन ट्यावलेट, ३ पिस एम्पुल, तरबार, फर्सा एक/एक थान, फाइटर रिङ ६ थान, पेस्तोलजस्तो देखिने लाइटर एकथानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *