आफूलाई २५ लाख रूपैयाँ ठगेर ऋणमा डुबाउने युवकलाई वृद्ध महिलाले छोरा बनाइन् !

डिसी नेपाल
२६ भदौ २०७९ १६:४४
8.7k
Shares

काठमाडौं । एक व्यक्तिले सेनाको सिपाही हुँ भन्दै वृद्धालाई २५ लाख रुपैयाँ ठगी गरे । महिलालाई भावनाको जालमा फँसाएर उनले केही महिनासम्म मासिक रूपमा २५ हजार देखि सवा लाख रुपैयाँसम्म ठगी गरे । जसका कारण महिला ऋणमा डुबेर मानसिक रोगको सिकार भइन् । तर, महिलाले उनको वास्तविकता थाहा पाएपछि यस्तो प्रतिक्रिया दिइन्, जुन देखेर ठगी गर्ने व्यक्ति छक्क परे ।

‘द मिरर’सँगको कुराकानीमा उक्त व्यक्ति आफैंले खुलासा गरेका हुन् । उक्त व्यक्तिको नाम क्रिस बामिबेली हो । उनी नाइजेरियाको विश्वविद्यालयमा पढ्दै थिए । तर पैसा कमाउने लालसामा ठगी गर्न थाले । यसका लागि उनले डेटिङ एप्सको सहारा लिए ।

क्रिसले डेटिङ एप्समा अमेरिका, बेलायत, क्यानडा, जर्मनी आदि देशका एकल महिलालाई लक्षित गर्थे। उनीहरुलाई आफ्नो जालमा फसाएर पैसा ठगेर बेपत्ता हुन्थे । यस सिलसिलामामा उनले लौरा नामकी अमेरिकी वृद्ध महिलालाई पनि आफ्नो शिकार बनाए ।

क्रिसले आफूलाई अमेरिकी सैनिकको रूपमा वर्णन गरेर लौराको विश्वास जिते। यसका लागि क्रिसले सामाजिक सञ्जालबाट अर्का सैनिकको फोटो चोरेर आफ्नो प्रोफाइलमा प्रयोग गरे । उनले लौरालाई आफ्ना सबै समस्याहरू बताए। आश्वस्त भएपछि उनले लौराबाट करिब २५ लाख रूपैयाँ (२० हजार डलर) किस्तामा आफ्नो खातामा लिए ।

क्रिस बामिबेलीले लौरा आफूले बनाएको जालमा फसेको बताए । त्यसपछि विभिन्न बहाना बनाएर उनीसँग पैसा माग्न थाले । लौराले क्रिसलाई हरेक महिना २ देखि साढे २ सय डलर पठाउँथिन् । उनलाई लाग्यो कि उनले आफ्नो प्रेमीलाई पैसा पठाउँदैछिन्, जो वास्तवमा सेनामा छन्।

लौरालाई धोका दिन क्रिसले कहिले आफ्नो एटीएम काम नगरेको र कहिले भाडा र अन्य खर्चका लागि पैसा बाँकी नभएको बताए । लौरा उनका यी सबै कुरामा पत्याएर फसिन् । तर जब उनले क्रिसको एकाउन्टमा करिब २० हजार डलर ट्रान्सफर गरिन्, उनको धैर्यताको अन्त्य भयो । उनी पनि ऋणमा थिइन् । परिस्थिति यस्तो थियो कि लौरा मानसिक रोगको सिकार भइन् ।

जब क्रिसले लौराको अवस्थाबारे थाहा पाए, उनको हृदय परिवर्तन भयो। उनले लौरालाई सत्य बताए र पैसा फिर्ता गर्ने वाचा गरे। बदलामा लौराको जवाफ सुनेर उनी छक्क परे । क्रिसले भने कि लौराले मलाई ब्लक नगरेकोमा म छक्क परें। क्रिसले भने ‘उहाँले मलाई छोराको रूपमा ग्रहण गर्नुभयो।’ महिलाले भनिन् ‘मैले तिमीलाई माफ गरिदिएँ ।’

क्रिस भन्छन् कि उनी ठूलो संकटबाट गुज्रिरहेका छन्। अब उनी ठगी छोडेर इमान्दार जीवन बिताउन चाहन्छन्। क्रिसले भने कि म दोषी छु। मैले अपराध गरेको छु । यति ठूलो रकम ठगी गरेको यो पहिलो पटक हो । मेरो कारणले महिला ऋणमा परिन् । अब सबै कुरा मिलाउनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *