प्रख्यात स्पेनी लेखक जेभियरको निधन
म्याड्रिड। अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको ७० वर्षको उमेरमा आइतबार निधन भएको उनको प्रकाशक अल्फागुआराले जनाएको छ। एक महिनादेखि निमोनियासँग लडिरहेका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको “योर फेस टुमोरो“ ट्रायलजी सहित १६ पुस्तकहरू लेखेका थिए।
उनको मृत्युमा स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्चेजले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री सान्चेजले ट्वीट गर्दै भनेका छन्, ‘स्पेनिश अक्षरहरूका लागि दुखद दिन। जेभियर मारियासले हामीलाई छोडे । उनी हाम्रो समयका महान लेखकमध्ये एक थिए।’
अल्फागुआराको वेबसाइटका अनुसार उनका पुस्तकहरू ५६ देशमा प्रकाशित भइसकेका छन्। उनका पुस्तक ४६ विभिन्न भाषाहरूमा करिब ९० लाख प्रति बिक्री भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment