पपुवा न्युगिनीमा भूकम्पः कम्तीमा ५ जनाको मृत्यु
पोर्ट मोर्सबाई। पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ। आइतबार बिहान आएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरु भत्किएका छन्। भूकम्पपछि केही सडक खण्डमा धाँजा फाटेका छन् भने पहाडमा पहिरो गएको छ।
संसद सदस्य केसी सवाङले दुर्गम पहाडी गाउँमा कम्तीमा दुई जनाको ज्यान गएको र अन्य चारजनालाई गम्भीर अवस्थामा हेलिकोप्टरबाट अस्पताल लगिएको जानकारी दिए। नजिकैको वाउमा कोरगांको एउटा खानीमा पुरिएर तीन जना कामदारको मृत्यु भएको छ।
‘त्यहाँ व्यापक क्षति भएको छ’, केसी सवाङले भने, ‘पहिरोले घरहरू पुरिएका छन्। एउटा गाउँसँगको सम्पर्क बिच्छेद भएको छ।’ भूकम्पले गरेको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment