दुई वर्षपछि मध्यएसियाको भ्रमणमा चीनका राष्ट्रपति, पुटिनलाई भेट्दै

डिसी नेपाल
२७ भदौ २०७९ ९:१८
132
Shares

बेइजिङ। चीनका राष्ट्रपति सी जिनपिङले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक मध्यएसियाको भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन्। सीले एक महिनापछि माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफ्नो स्थान पक्का गर्न तयार छन्।

कोभिड १९ महामारीको सुरुवातपछि उनको पहिलो विदेश भ्रमणले सी चीनमा सत्तामा आफ्नो पकडको बारेमा कत्तिको विश्वस्त छन भन्ने देखाएको विज्ञहरुको भनाइँ छ।

कजाकिस्तान र क्रेमलिनका अनुसार सी बुधवार कजाकिस्तानको राजकीय भ्रमणमा जाँदैछन र त्यसपछि उज्बेकिस्तानको पुरातन सिल्क रोड शहर समरकन्दमा सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पुटिनसँग भेट गर्नेछन्।

पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले पुटिनले शिखर सम्मेलनमा सीसँग भेट्ने अपेक्षा गरिएको गत साता बताएका थिए। रुसी प्रशासन क्रेमलिनले वार्ताबारे थप विवरण दिन अस्वीकार गरेको छ । चीनले सीको भ्रष्ण योजनाको पुष्टि गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *