१० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रिय बैंकले २८ दिने र ९१ दिन गरी दुई किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो।
बैंकले २८ दिनको लागि ५ अर्ब ट्रेजरी बिल जारी गर्ने भएको छ। यो बिल आगामी असोज २५ गते परिपक हुनेछ। यस्तै, ९१ दिनको लागि ५ अर्बको ट्रजरी बिल आगामी मङ्सिर २७ गते परिपक्व हुने गरी जारी गर्न लागेको हो।
ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।
प्रतिक्रिया
Facebook Comment