श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

डिसी नेपाल
२७ भदौ २०७९ १०:११

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड गरिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आज सोमबार बिहान ९ बजे आइपिओ बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले कुल १ करोड ९९ लाख ७२ हजार ६८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये भाग्यमानी ३६ हजार ८५९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँकी आवेदकको हात खाली छ।

१ हजार ३१५ आवेदकबाट परेको १५ हजार ७० कित्ता आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ। बाँकी स्वीकृत भएका १८ लाख ३७ हजार ४३६ जनामा गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको हो।

कम्पनीले भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री गरेको थियो।  बिक्रीमा ल्याएको आइपिओमध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार ४७० कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *