सीवाइसी नेपाल र आँधीखोला लघुवित्तले मर्जर एजेन्डा राखेर बोलाए विशेष साधारणसभा

डिसी नेपाल
२७ भदौ २०७९ १०:३७

काठमाडौँ। सीवाइसी नेपाल लघुवित्त र आँधीखोला लघुवित्तले एकै दिन विशेष साधारणसभा बोलाएका छन्। सीवाइसी नेपाल र आँधीखोला लघुवित्त आपसमा मर्ज हुँदैछन्।

दुवै कम्पनीले मुख्य रूपमा सोही प्रस्ताव राखेर ७ असोजमा विशेष साधारणसभा बोलाएका हुन्। जसमा सीवाइसी नेपालको सभा कम्पनीको केन्द्रीय कार्यालय पोखरा सभागृह चोकमा बिहान ११ बजे र आँधीखोलाको सभा होटल गाउँवेसीको सभाहल वालिङ, स्याङ्जामा बिहान ११ बजे नै सुरु हुनेछ।

सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय गर्ने एजेन्डा छ। यस्तै, लेखापरीक्षक नियुक्त गर्ने, मर्जरसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको व्यक्तिलाई आवश्यक अख्तियारी दिने एजेन्डा पनि छ। यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिँदैछ।

यसअघि दुवै कम्पनीबीच २२ असारमा मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। मर्जरका लागि समझदारी भएसँगै नेप्सेमा हाल यी दुई लघुवित्तको सेयर कारोबार रोक्का छ। हाल सीवाईसीको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८०० रुपैयाँ रहेको छ भने आँधिखोलाको ११ करोड ९० लाख रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *