महिलामाथि बैंकको ज्यादती, १५ लाखको चेक साट्न मानेन, कर्मचारीले चेक समेत खोसिदिए

डिसी नेपाल
२७ भदौ २०७९ १०:३५
1.8k
Shares

काठमाडौं । एक वृद्धाले करिब १५ लाख रूपैयाँ जितेकी थिइन् । उनी त्यो जितेको पैसाको चेक लिएर पैसा झिक्न बैंक गएपछि उनी छक्क परिन् । बैंकका कर्मचारीले रकम दिन मानेनन् । यति मात्र होइन, बैंकका कर्मचारीले महिलाको चेक नक्कली भएको र उनले ठगी गरेको समेत बताए । यसबाट पीडित महिलाले बैंकविरुद्ध मुद्दा हालिन् ।

यी ७० वर्षीया महिलाको नाम लिजी पग हो । उनी अमेरिकाको मिशिगन निवासी हुन् । लिजीले ९ अप्रिलमा ज्याकपट जितेकी थिइन् जसमा उनले १२ हजार डलरभन्दा बढी पुरस्कार पाएकी थिइन् । तर पैसा झिक्न चेक लिएर बैंक गएकी उनलाई त्यहाँबाट ‘फ्रड’ भन्दै फिर्ता गरियो ।

सीएनएनको रिपोर्टका अनुसार लिजीले बैंकबाट पैसा निकाल्ने प्रयास गरिन् तर बैंकर्सले उनको चेक नक्कली भन्दै उनलाई फिर्ता पठाइदिए । बैंकले उनको चेक पनि फिर्ता गर्न मानेन । जब लिजीले विरोध गरिन्, कर्मचारीले उनलाई पुलिस बोलाउने धम्की दिए। यसबाट आक्रोशित लिजीले बैंकविरुद्ध मुद्दा हालिन् ।

यस मुद्दाको सुनुवाइ अझै जारी छ । यो साता फिफ्थ थर्ड बैंकले अदालतमा जवाफ पेश गरेको छ । बैंकले महिलाको आरोप अस्वीकार गरेको छ । बैंकले आफ्ना कर्मचारीहरुको साथमा रहेको बताएको छ ।

बैंकको तर्फबाट निष्पक्ष र जवाफदेही बैंकिङ गर्न प्रतिबद्ध रहेको र कुनै किसिमको भेदभाव नगर्ने समेत जानकारी गराइएको छ । बैंकका प्रवक्ताले भने कि हाम्रा कर्मचारीहरूलाई प्रत्येक ग्राहकलाई उनीहरूको बैंकिङ आवश्यकताहरू पूरा गर्न मद्दत गर्न तालिम दिइएको छ र हाम्रा कर्मचारीहरूले प्रक्रियाहरू पछ्याउँछन्। हाम्रा बैंकरहरूको कार्यलाई गलत व्याख्या गरिएको छ। तैपनि, लिजीलाई असुविधा भएकोमा हामी क्षमाप्रार्थी छौं। बैंकले सम्भावित ठगी रोक्न चेक जाँच गर्नु आवश्यक थियो।

अर्कोतर्फ, लिजीले कालो भएको कारणले विभेदको सामना गर्नुपरेको आरोप लगाएकी छन् । त्यतिबेला बैंकबाट पैसा झिक्न नसक्दा धेरै समस्या झेल्नुपरेको थियो । लिजीले चेक फिर्ता गरेको भए अर्कै ठाउँबाट पैसा निकाल्ने पनि बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *