१३.५९ अंकले घट्यो नेप्से परिसूचक, कारोबार ८३ करोड १६ लाखमा सिमित

डिसी नेपाल
२७ भदौ २०७९ १५:१०

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। आज नेप्से १३.५९ अंकले घटेर १ हजार ९१२.६९ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको २६ लाख १३ हजार ५४० कित्ता सेयर खरिद बिक्री हुँदा ८३ करोड १६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ। यसको आज ४ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड उपसुचकबाहेक सबै उपसुचक राताम्मे भएको छ। आजको कारोबारम युनाइटेड इदीमादी आरडी हाइड्रोपावर र सनराइज ऋणपत्रका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, नेपाल इन्भेष्टमेन्ट ऋणपत्र र सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *