नेपाली समाजका लोकसाहित्य र साहित्यिक कृतिहरुलाई बाहिर ल्याउनुपर्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने बताएकी छिन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालका अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई संकलन गरि बाहिर ल्याउनुपर्ने बताएकी हुन् । उनले नेपाली सिर्जनाहरु विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्ने कुरालाई विश्वसामु पुर्याएर प्रमाणित गर्नपर्नेमा जोड दिइन् ।
त्यस्तै उनले प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कन प्रतिष्ठानले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । कविता महोत्सवले अन्तर पुस्तागत समूहलाई प्रोत्साहन गरेको भन्दै उनले प्रतिष्ठानको प्रसंसा गरिन् ।
कार्यक्रममा उनले एक लाख २८ हजारभन्दा बढी शब्द सङ्ग्रह गरिएको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ र ‘तस्बिरमा नेपाल’ को अङ्ग्रेजी संस्करण बिमोचन गरिन् । त्यस्तै राष्ट्रिय कविता महोत्सव २०७९ मा पहिलो हुने टीका आत्रेय, दोस्रो हुने यात्रीप्रकाश पाण्डे , तेस्रो हुने सीता तुम्खेवा लगाएतलाई पुरस्कार प्रदान गरिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment