मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२८ भदौ २०७९ ८:५९

काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ७७ पैसा र बिक्री दर १२९ रुपैयाँ ३८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४८ रुपैयाँ २८ पैसा र बिक्री दर १४९ रुपैयाँ ९८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २३ पैसा र बिक्री दर ८७ रुपैयाँ ६५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १३ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र बिक्री दर ८ रुपैयाँ ९४ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३३ पैसा र बिक्री दर १८ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७८ पैसा र बिक्री दर ३३ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २१ पैसा र बिक्री दर ९ रुपैयाँ २६ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *