स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्तेष्टिमा सहभागी हुने

डिसी नेपाल
२८ भदौ २०७९ १०:३१
492
Shares

म्याड्रिड। स्पेनका पूर्वराजा जुआन कार्लोेसले रानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने भएका छन्। जुआन कार्लोस र उनकी श्रीमतीले सेप्टेम्बर १९ मा महारानीको अन्त्येष्टिमा उपस्थित हुने भएका हुन्।

अभियोजकहरूले स्पेन र स्विट्जरल्याण्डमा ठगीको आरोपहरू खोज्न थालेपछि पूर्वराजा कार्लोसले अगस्ट २०२० मा स्पेन छोडेरे अबु धाबीमा बस्न थालेका थिए। अपर्याप्त प्रमाणका कारण अनुसन्धान खारेज गरिएको थियो। जुआन कार्लोसले आफूमाथि लगाइएका आरोपमा टिप्पणी गर्न अस्वीकार गर्दैै आएका छन्।

महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। उनको निधनमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले समवेदन प्रकट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *