आजदेखि काठमाडौैंको सार्वजनिक स्थलमा धुम्रपान निषेध, निर्णय कार्यान्वयनमा आशंका

डिसी नेपाल
१ असोज २०७९ १०:३५
100
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज १ असोजबाट लागु हुने गरी सार्वजनिक स्थलमा धुम्रपान निषेध गर्ने निर्णयको कार्यान्वयनमा आशंका उब्जिएको छ ।

महानगरले सूचना जारी गर्दै यसअघि नै सार्वजनिक स्थलमा धूम्रपान नगर्न आग्रह गरेको छ । सार्वजनिक स्थलमा धूम्रपान गरेमा महानगरपालिकाले कानुन बमोजिम कारवाही गर्ने समेत जनाएको छ । महानगरको यस निर्णय कार्यान्वयन हुनेमा सर्वसाधरणले समेत आशंका गर्न थालेको छ ।

‘महानगरको कदम यो अर्को राम्रो कदम हो जुन देशै भरि लागु हुन पर्ने हो,’ नयान राज कुलुनले बताए । ‘सार्वजनिक स्थलमा धुम्रपान सेवन गर्नेलाई मात्र नभई यसका धुवाँको सम्र्पकमा आउने व्यक्तिलाई पनि यसले उत्तिकै असर गर्ने गर्दछ ।’

उनले थपे,‘सार्वजानिक स्थान, शौचालय सार्वजनिक सवारीका प्रतिक्षालय हामीले चुरोट ठुटा वा खैनिका कागज देख्न सक्छौ जुन वातावरणीय र पर्यटकीय दृष्टिको हिसाबले हेर्ने हो भने पनि यसको सहि सदुपयोग वा दिर्घकालिन समाधानको जरुरत रहेको छ ।’

असोज १ गतेबाट महानगरले सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुटखा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्नो, त्यास्तो प्रदाथको नशा लिने वा सोवान गर्ने कार्य निषेध गरेको छ ।

महानगरपालिकाको यो सुचना उल्लङघन गर्ने व्याक्तिलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियामन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङघन गर्ने व्याक्तिलाई सार्वजानिक स्थलबाट बाहिर निकाल्ने वा तोकीए बामोजिमको जरिवाना गरिने जनाएको छ ।

‘सार्वजानिक स्थलमा धुम्रपान गरेमा गर्नमा रोक लगाउने र नमानेमा निजलाई उक्त सार्वजनिक स्थलबाट निकालने वा एक सय रुपैयाँको जरिवाना वा दुवै सजाए गर्नु पर्ने’ ऐनमा उल्लेख गरेको छ । धुम्रपान गर्ने व्यक्ति सार्वजनिक स्थलसँग सम्बन्धित भएमा उनीहरुलाई छुट््टै सजाएको व्यवस्था ऐनमा गरिएको छ ।

ऐनमा उल्लेखित अनुसार सरकारी मातहतका सार्वजानिक संस्थाहरुमा, राज्य तथा सरकारी निकाय, संस्था वा कार्यलय, शिक्षण संस्था पुस्तकालय, तालिम तथा स्वास्थ्य सम्बन्धि संस्था, विमानस्थाल, वायुसेवा तथा सार्वजानिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखानाका कार्य स्थललाई सार्वजनिक स्थल मानिएको छ ।

यस्तै सार्वजनिक स्थल भित्र चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यापाम केन्द्र पौडि पोखरी तथा पुल हाउस, डिमार्टमेण्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउन्टर पनि समेटिएका छन् ।

विश्व बैंकको पछिल्लो तथ्याकं अनुसार नेपालमा सन् २०२० मा धुम्रपान सेवन गर्नेहरु ३०.४० प्रतिशत थियो, जुन २०१९ को तुलनामा १.१ प्रतिशतले घटेको हो ।

नेपालमा सन् २०१९ को धुप्रमान सेवन गर्नेहरु ३१.५० प्रतिशत थियो । धुम्रपानको प्रचलन भनेको १५ बर्ष वा माथिका पुरुष र महिलाहरुको प्रतिशत हो जसले हाल दैनिक वा गैरदैनिक आधारमा कुनै पनि सुर्तीजन्य पदार्थ धूम्रपान गर्दछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.