वर्तमान संसद्को कार्यकाल सफलः दुर्गा पौडेल

डिसी नेपाल
१ असोज २०७९ १८:२२

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सङ्घीयता र नागरिकता विधेयकलगायतमा आफ्नो पार्टीको असहमति भए पनि वर्तमान संसद्को कार्यकाल सफल भएको बताएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले नेपालको प्रादेशिक संरचना निर्माण गर्दा अनुत्पादक ठाउँमा लगानी भएको र मुलुक भ्रष्टाचारका जालोमा परेको तर्क गर्दै यसले आर्थिक अवस्था अस्तव्यस्त बन्दै गएको बताइन्।

उनले प्रादेशिक संरचना खारेज गर्नुपर्ने आफ्नो पार्टीको माग पूरा नभए पनि माग यथावत रहेको बताए । उनले अब आउने नयाँ सरकारमा पनि पाँच वर्षको स्थिर सरकार बनोस् भन्ने शुभकामना व्यक्त गरिन् ।

नागरिकताको विषयमा वंशज र अङ्गीकृता दिने व्यवस्थामा विधि र प्रक्रियाबाट मात्र दिइनुपर्छ भन्ने आफ्नो माग रहेको उनले स्पष्ट पारिन् । उनले नेपालको संविधानले व्यवस्था गरेको विधि र प्रक्रियाबाट आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको धारणा राखिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *