एमाले सचिवालय बैठक बालकोटमा शुरु, समानुपातिक उम्मेदवार टुङ्ग्याउने

डिसी नेपाल
१ असोज २०७९ १९:००

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक शुरु भएको एमाले प्रचार विभागले जनाएको छ ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय असोज २ र ३ गते तय गरेकाले जिल्ला र प्रदेशबाट सिफारिस भई आएका उम्मेदवारका नामावली विषयमा छलफलपछि बैठकले निर्णय गर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *