मुलुकभर ५९ जनामा कोरोना, १६१ संक्रमित निको भए

डिसी नेपाल
२ असोज २०७९ १६:३३
48
Shares

काठमाडौं । नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार ७५३ पीसीआर परीक्षणमा २५ जना र एक हजार १२९ एन्टिजेन परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १६१ संक्रमित कोरोनामुक्त भएका छन् । नेपालमा हाल एकहजार ८३० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.