९८ रूपैयाँमा ६ जीबी डाटा दिने टेलिकम अफर

डिसी नेपाल
२ असोज २०७९ १६:४७

काठमाडौं । संविधान दिवसका अवरमा नेपाल टेलिकमले प्याकेज घोषणा गरेको छ । संविधान दिवस अफर अन्तर्गत असोज २ गतेदेखि असोज ४ गतेसम्म सो प्याकेज उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ मा खरिद गर्न सकिने, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने उल्लेख गरिएको छ ।

यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने टेलिकम प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्‍तिमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *