पूर्व आइजीपी खनाल एमाले प्रवेश गर्दै
काठमाडौं । लामो समयदेखि एमालेको सम्पर्कमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने भएका छन् । खनाललाई विहीबार पार्टी कार्यालयमा प्रवेश गराउने कार्यक्रम रहेको छ ।
खनाललाई तनहु वा बारा मध्ये एक ठाउँबाट निर्वाचनको टिकट दिने गरी एमालेमा प्रवेश गराउन लागिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली आफैले बोलाएर पार्टी प्रवेशको लागि आग्रह गरेपछि पूर्व आइजीपी खनाल राजी भएको खनाल निकट रहेका एक पूर्व प्रहरीले भने ।
उनका अनुसार तनहुमा किसान श्रेष्ठले निर्वाचन लड्दै आएको क्षेत्र वा अन्य कुनै एक क्षेत्रबाट एमालेले टिकट दिने भएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment