राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धनका युवा सडकमा, आज माइतीघरमा विरोध र्‍याली

डिसी नेपाल
६ असोज २०७९ ७:४१
32
Shares

काठमाडौं। सत्ता गठबन्धनका युवा संघसंगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका छन्। राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकालेको थियो।

लगत्तै गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू विरोधमा उत्रिएका हुन्।

संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ । राष्ट्रपतिको कदमविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्‍याली गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *