सामाजिक सेवाबाट ठूलो रूपान्तरण ल्याउन सकिन्छ : प्रधानमन्त्री देउवा
काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउनुपर्ने बताएका छन्।
४३ औँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरि गैरसरकारी सङ्घसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउनुपर्ने बताएका हुन्।
सामाजिक सेवामार्फत पछि परेका उत्पीडित असाहय वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिने भन्दै उनले यसले समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताए।
प्रधानमन्त्री देउवाले दिगो विकास र आवधिक लक्ष्य प्राप्तिका लागि सरकार गैरसरकारी सङ्घसंस्थासँग समन्वयात्मक ढङ्गले काम गर्न आवश्यक रहेको बताए।
उनले सामाजिक संस्थाको लगानी र भूमिकालाई व्यवस्थित र पारदर्शी बनाउँदै प्राथमिकताका क्षेत्रमा सक्रियतापूर्वक परिचालन गरिनुपर्नेमा जोड दिए।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालको आर्थिक, सामाजिक विकासमा सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको बताए।
सामाजिक सेवा दिवसका उपलक्षमा समाज कल्याण परिषद्ले मूल समारोह आयोजना गरेको हो। ‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेशी समाज निर्माणमा सङ्घसंस्थाको योगदान’ भन्ने नाराका साथ विहिबार सामाजिक दिवस मनाइएको छ।







डिसी नेपाल







Facebook Comment