यी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौं। आज मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ। राति प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आकलन गरिएको छ।
बिहीबार प्रदेश १ र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। शुक्रबार प्रदेश १, मधेश र बागमतीका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment