इरान अशान्ति: प्रदर्शनमा उत्रिएकी भाइरल युवतीको गोली हानेर हत्या

डिसी नेपाल
१२ असोज २०७९ १२:३७
7.7k
Shares

तेहरान। आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर इरानमा विगत १२ दिनदेखि हिंसा चर्किएको छ। घातक अशान्तिले इरानलाई हल्लाएको छ। सरकारले गरेको दमनबीच भएको विरोध प्रदर्शनमा अग्रमोर्चामा होमिएकी एक भाइरल युवतीलाई प्रहरीले गोली हानेर हत्या गरेको छ। २० वर्षीय हदीस नजाफीको हत्या भएको हो।

उनको अन्त्येष्टिको एक भिडियो भाइरल भएको छ, जसमा शोकाकुल मानिसहरू भर्खरै खनेको चिहानमा उनको फोटो देखेर रोइरहेका छन् । रिपोर्टअनुसार उनको पेट, गर्धन र हातमा गोली लागेको छ।

हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनमा अहिलेसम्म ७६ जनाको मृत्यु भएको छ। विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स (आइएचआर)ले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *