जापानमा महिलाको औसत तलब पहिलो पटक ३० लाख येन पुर्‍याइयो

डिसी नेपाल
१३ असोज २०७९ ६:५९

टाेकियाे। जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ। जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर पुगेको सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ।

राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो । जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो।

सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन (३७ हजार ६ सय ६१ डलर) थियो। सन् २००२ यताकै उच्च हो तर सन् १९९७ मा ५७ लाख ७० हजार येन (३९ हजार ८ सय ७२ डलर) भन्दा कम हो । जापानमा पुरुषको तुलनामा महिलालाई ४५ प्रतिशत कम तलब दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *