रडले हानी चार वर्षे भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ
धनुषा। चार वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा प्रहरीले उनको काकालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवान छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment