अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा
सिउल। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन्। उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन्।
अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरपरको पानीमा संयुक्त नौसैनिक अभ्यास गरिरहेका बेला उपराष्ट्रपति ह्यारिस दक्षिण कोरिया पुगेकी हुन्। उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। उनी केही महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्तेष्टिमा सहभागी हुन टोकियो आएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment