राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको छः ईश्वर पोखरेल

डिसी नेपाल
१४ असोज २०७९ १९:५४

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको बताएका छन् ।

शुक्रबार दसैंका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिको एउटा ध्रुव एमाले र अर्को ध्रुव गठबन्धनले नेतृत्व गरेको बताएका हुन् । देश बनाउने सपनाको नेतृत्व ध्रुव एमालेले गरेको उनको दाबी छ । उनी आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गरे ।

त्यस्तै उनले गठबन्धन सरकारको कुनै गन्तव्य र उदेश्य नरहेको बताए । उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले आगामी निर्वाचनबाट एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उनले उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने अवस्थामा रहेको बताए । उनले कुनै पनि नेता र पार्टीका बारेमा सोलोडोलो निष्कर्षमा नपुग्न पनि नेता\कार्यकर्तालाई सुझाव दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *