सलमानका डुप्लिकेट डबल सागरको निधन

डिसी नेपाल
१५ असोज २०७९ ८:४५

मुम्बई। बलिउड अभिनेता सलमान खानका डुप्लिकेट तथा उनका बडी डबल सागर सलमान पाण्डेको निधन भएको छ। सागरको निधन जिम वर्कआउटको समयमा भएको थियो। सागर अन्दाजी ५० वर्षका थिए।

उनी सन् १९९९ देखि सलमानको फिल्ममा उनको बडी डबल बन्दै आएका थिए। उनले आफ्नो करियरको सुरुवात फिल्म ‘कुछ कुछ होता हे’बाट गरेका थिए। यसपछि उनले ५० बढी फिल्ममा काम गरिसकेका थिए।

सागरको निधनको पुष्टि सलमानका अर्का बडी डबल शान्तनु घोषले गरेका छन्। शान्तनुका अनुसार सागरलाई तुरुन्तै मुम्बईको जोगेश्वरी इस्टस्थित हिन्दी हृदय सम्राट बालासाहेक ठाकरे ट्रमा केयर मुन्सिपल अस्पतालमा लगिएको थियो। अस्पताल पुग्नासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

सागर सलमानजस्तै अविवाहित थिए। सागरका पाँच भाई थिए र सबैको खर्च उनले नै व्यहोर्थे। उनले ‘बजरंगी भाईजान’, ‘ट्यूबलाइट’, ‘दबंग’, ‘दबंग २’ जस्ता फिल्ममा सलमानको बडी डबलको भुमिका निर्वाह गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *