इरान हिंसाः ९ जना युरोपेली नागरिक पक्राउ

डिसी नेपाल
१५ असोज २०७९ ९:३८

तेहरान। इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका छन्। खुफिया अधिकारीहरूले पक्राउ परेकाहरुलाई जासुस संगठनका एजेन्ट भएको आरोप लगाएका स्थानीय सञ्चार माधयमहरुले जनाएका छन्।

कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि राजधानी तेहरानमा विरोध प्रदर्शन सुरु भएको थियो र देशभर फैलिएको थियो।

उत्तर–पश्चिमी सहर साकेजकी २२ वर्षीयालाई सेप्टेम्बर १३ मा नैतिकतासम्बन्धी प्रहरीले हिजाबसम्बन्धी नियम पालना नगरेको आरोपमा तेहरानमा पक्राउ गरेका थिए । पक्राउ परेको केही दिनपछि उनको मृत्यु भएको थियो।

पक्राउ परेकाहरू पोल्याण्ड, स्वीडेन, जर्मनी, इटाली, फ्रान्स र नेदरल्याण्ड्सका रहेको इरानको गुप्तचर मन्त्रालयले जनाएको छ। यसैबीच, इरानविरोधी प्रदर्शनमा हालसम्म ७६ भन्दा बढीको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *