जिप दुर्घटनामा दुईको मृत्यु, १७ घाइते

डिसी नेपाल
१५ असोज २०७९ ९:०३

सल्यान। सल्यानमा जिप दुर्घटना भएको छ। उक्त दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। मृत्यु हुने ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया अनिता भन्ने एनका पुन रहेका छन्।

डुमकोटबाट धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवतीको दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको रा १ ज ७९८ नम्बरको जिप शनिबार बिहान कुमाख गाउँपालिका–६ जिमालीनजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ। जिपमा १९ जना यात्रु सवार रहेको र घाइतेहरूको विवरण आउन बाँकी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *