गठबन्धनबाट बाहिरियो जसपा, निर्वाचनमा एक्लै लड्ने

डिसी नेपाल
१५ असोज २०७९ १७:०५

काठमाडौं । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ । आज बसेको जसपा कार्यकारिणि समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ,’हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्धनमा आगामी हुने संघीय संसद र प्रदेशसभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्बन्धमा भईरहेको सिट बाँटफाँडसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ । सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *