द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै

डिसी नेपाल
१५ असोज २०७९ २०:०२

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्।

नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छन् । एमालेबाट सांसदको टिकट पाउने नपाउने निश्चित नभए पछि उनी माओवादीमा प्रवेश गर्न लागेका हुन् । माओवादी प्रवेशपछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ ।

आईतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीका लागि आज काठमाडौं गएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *