वर्तमान सरकारले जनताको हितमा काम गर्न सकेनः केपी ओली

डिसी नेपाल
१५ असोज २०७९ २१:४१

राजविराज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

एमाले निकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप लगाए । उनले एमाले समृद्ध नेपाल बनाउने पक्षमा रहेको भन्दै अहिलेको गठबन्धन सरकारले भ्रष्टाचारलाई मात्र बढावा दिएको आरोप लगाए । अगामी चुनाव शान्तिपूर्ण एवं धाँधलीरहित सम्पन्न हुनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय हितको पक्षमा एमाले सधैँ बोल्ने पार्टी भएको भन्दै अध्यक्ष ओलीले युवालाई देशमै रोजगारको सिर्जना हुनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *